|  

महामन्त्री विश्वप्रकाश शर्मा बन्दसूची बोकेर निर्वाचन आयोगमा 

३ असोज, काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा समानुपातिकतर्फको बन्दसूची बोकेर निर्वाचन आयोग पुगेका छन् ।

पार्टीको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारहरूको सूची बोकेर उनी आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेका हुन् ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको सूची बुझाउने समय हिजो र आजका लागि दिएको छ । आज बन्दसूची बुझाउने अन्तिम दिन हो । कांग्रेस महामन्त्री शर्मा साढे ४ बजे मात्र निर्वाचन आयोग पुगेका थिए ।