|  

विजेता बन्ने नेपालको धोको अधुरो, फाइनलमा बङ्गलादेशसँग नेपाल ३-१ ले निरीह

३ असाेज, काठमाडाैं ।

महिला साफ च्याम्पियनसीपमा नेपाल उप-विजेता बनेकाे छ । सोमबार भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशले नेपाललाई ३–१ को गोल अन्तरले हराउँदै उपाधि उचालेको छ । 

खेलको १३ औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशकी सामसुननहरले निकै आकर्षक गोल गर्दै नेपाली समर्थकलाई स्तब्ध पारिन् । यस्तै, खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले दोस्रो गोल गरिन् । नेपालकालागि अनिता बस्नेतले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले उत्तराद्र्धमा एक गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो । तर, बंगलादेशकी श्रीमोतीले दोस्रो व्यक्तिगत गोल गरेकी थिइन् ।

 

खेलको पहिलो आफ प्रतिस्पर्धात्मक थियो भने दोस्रो हाफमा नेपालले बंगलादेशलाई निरन्तर दवावमा राखेको थियो । तर, बंगलादेशको रक्षपंति र गोलरक्षकको बलियो पर्खाल नेपालले तोड्न सकेन ।