|  

विश्वकपअघि ब्राजिलले दुई मैत्रीपूर्ण खेल खेल्दै

४ असाेज, काठमाडौं । फिफा विश्वकप २०२२ को उपाधिको दाबेदार मानिएको ब्राजिलले यसै साता दुई मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिताको अन्तिम तयारी गर्ने भएको छ ।

ब्राजिलले सेप्टेम्बर २३ मा घानासँग खेल्नेछ । त्यसको ४ दिनपछि सेप्टेम्बर २७ मा ब्राजिल र ट्युनिसिया भिड्नेछन् । दुवै खेल फ्रान्समा हुनेछ । घानाविरुद्ध खेल ले हाभ्र र ट्युनिसियासँगको खेल पेरिस सेन्ट जर्मेनको मैदान पार्क दे प्रिन्समा खेलिनेछ ।

ब्राजिलका प्रशिक्षक टिटेले विश्वकपको अन्तिम तयारीस्वरूप रहेको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । नोभेम्बर तेस्रो साता सुरु हुने फिफा विश्वकपमा ब्राजिल समूह जी मा रहेको छ । ब्राजिलले समूह चरणमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुनको सामना गर्नेछ ।