|  

दशैंका लागि हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ

४ असोज, काठमाडौं ।  आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि मात्रै ८० प्रतिशत हराहारीमा अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । 

केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० देखि ८५ प्रतिशत टिकट बुकिङ भइसकेका छन् । यति, बुद्ध, श्री, गुण लगायत सबै एयरलाइन्सले दशैंमा फुलपातीलदेखि अष्टमीसम्मका ८० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेका छन् ।

बुद्ध एयरले हालसम्म ८० प्रतिशतभन्दा बढी बुकिङ भएको भन्दै केही क्षेमा १०० प्रतिशत बुकिङ सकिएको जनाएको छ । हाम्रा अधिकांश उडान ८० प्रतिशत भन्दा बढी बुकिङ भएका छन् । पहाडी क्षेत्रमा त शतप्रतिशत बुकिङ भइसकेको बुद्ध एयरलाइन्सले जनाएको छ । दशैं आउन एक साता बाँकी हुँदा अधिकांश हवाई टिकट बुकिङ भएसँगै यति एयरलाइन्सले उडानसमेत थपेको छ ।