|  

विज्ञान पढ्न कम्तीमा सीप्लस ल्याउनुपर्ने प्रावधान खारेज

४ असाेज, काठमाडाैं ।

कक्षा ११ मा कुनै पनि विषयमा अध्ययन गर्न माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कुनै पनि विषयमा न्यूनतम ग्रेड ल्याउनुपर्ने व्यवस्था अन्त्य भएको छ।

यसबाट विशेष गरी विज्ञान विषय लिएर कक्षा ११ मा भर्ना हुन चाहनेका लागि सहज भएको छ।

विगतमा जस्तो न्यूनतम सीप्लस ल्याउनुपर्ने अवस्था अब अन्त्य हुने भएको छ।

कक्षा १० को परीक्षामा विविध कारणले बिग्रन गई कक्षा ११ मा चाहेको विषय अध्ययन गर्न नपाउँदाको पीडा अब विद्यार्थीले भोग्नु नपर्ने भएको छ।