|  

पाकिस्तानविरुद्धको पहिलो टी-२० मा इंग्ल्याण्ड विजयी

५ असोज, काठमाडौं । घरेलु टोली पाकिस्तानविरुद्धको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।

ऊ गएराति सम्पन्न खेलमा ६ विकेटले विजयी भएको हो । पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य इंग्ल्याण्डले चार बल बाँकी छँदा चार विकेट गुमाएर भेट्टायो । त्यसअघि कराँचीस्थित नेसनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५८ रन बनायो ।

यो जितसँगै इंग्ल्याण्डले सात खेलको सिरिजमा १-० को अग्रता लिएको छ । पाकिस्तान-इंग्ल्याण्डको दोस्रो खेल भोलि हुनेछ ।