|  

डेंगु महामारी घोषणा गर्ने तयारी, हालसम्म २१ जनाको मृत्यु

५ असोज, काठमाडौं । सरकारले डेंगु महामारीको घोषणा गर्ने तयारी गरेको छ । इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य मन्त्रालयलाई डेंगु महामारी घोषणा गर्ने प्रस्ताव गरेको छ ।

डेंगु व्यापक फैलिएको र नियन्त्रणबाहिर जान लागेकाले महामारी घोषणा गर्नका लागि प्रारूप तयार गरेर ईडिसिडीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाएको छ । नेपालमा यसवर्ष २१ जनाको मृत्यु भएको छ । २०१९ मा ६ जनाको मृत्यु भएको थियो ।