|  

टि-२० सिरिजमा घरेलु टोली भारत पराजित

५ असोज, काठमाडौं । पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली भारत पराजित भएको छ । 

भारतको मोहालीमा मंगलबारराति  भएको खेलमा अष्ट्रेलियाले भारतलाई ४ विकेटले पराजित गरेको हो । भारतले दिएको २०९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा र्गयो । 

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन जोडेको थियो । यस जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो शुक्रबार र तेस्रो खेल आइतबार हुन्छ ।