|  

सिटिइभिटीःस्वास्थ्य कार्यक्रमको पूर्ण शुल्किय तर्फको नतिजा प्रकाशित

५ असोज, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले डिप्लोमा तथा प्रमाणपत्र तह स्वास्थ्य सम्बन्धी कार्यक्रमको पूर्ण शुल्किय तर्फको नतिजा प्रकाशन गरेको छ ।

डिप्लोमा तथा प्रमाणपत्र तह स्वास्थय सम्बन्धी कार्यक्रमको शैक्षिक सत्र २०७९/०८० का लागि स्वास्थय सम्बन्धी कार्यक्रम अधययनका गर्न पूर्ण शुल्कमा आवेदन भरेका आवेदकहरु मध्यबाट प्रवेश परीक्षा सञ्चालन गरी योग्यता क्रमको आधारमा नामावली प्रकाशन गरेको हो । छनोट भएका मुख्य उम्मेदवारले नतिजा प्रकाशन भएको मितिले १४ दिनभित्र सम्बन्धीत शिक्षण संस्थमा आफ्नो प्रवेश पत्र, शैक्षिक योग्यता, नागरिकता, छनौट भएको लक्षित वर्ग भए सोको सक्कल प्रमाणपत्र सहित शिक्षण संस्थामा भर्ना भई सक्नु पर्ने छ ।