|  

रुसले सार्वजनिक गर्यो युक्रेनमा मारिएका सैनिकको संख्या, मर्नेको संख्या कति ? 

५ असोज, काठमाडौं । रुसी सेनाले युक्रेनमा विगत सात महिनादेखि लडिरहेको युद्धमा लगभग ६ हजार सैनिक मारिएको रुसका रक्षामन्त्री सर्गे शोइगुले मंगलबार जानकारी दिएका छन् ।

युक्रेनी पक्षमा त्यसको १० गुणा बढी ६१ हजार २०७ जना सैनिक मारिएको उनले बताए । गत मार्च महिनाको अन्त्यतिरपछि पहिलोपटक रुसले आफ्ना सैनिकहरूको क्षतिको आँकडा सार्वजनिक गरेको हो ।

‘आरम्भमा युक्रेनी सैनिकहरूको संख्या लगभग दुई लाख दुई हजार जति थियो,’ शोइगुले बताए, ‘तीमध्ये एक लाखभन्दा बढी हताहती भएका छन् । ६१ हजार २०७ जना मारिएका छन् भने ४९ हजार ३६८ जना घाइते भएका छन् ।’