|  

कांग्रेसले त यो देश नै आफ्नो पेवा ठानिरहेको छः माधव नेपाल

५ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेससँग आक्रोशित भएका छन् ।

कांग्रेसले देश नै आफ्नो पेवा ठाानिरहेको अध्यक्ष नेपालले आरोप लगाए । गठबन्धनको सिट बाँडफाँडको छलफलमा कांग्रेसले देश नै आफ्नो पेवा जस्तो ठानेको उनको भनाइ छ ।‘पाँच दलीय गठबन्धनमा छलफल चलिरहेको छ ।

कुन दलले कति सिट लिने ? नेपाली कांग्रेसले त यो देश नै उनीहरुको पेवा जस्तो  ठानिरहेको छ,’ नेता नेपालले भने, ‘उनीहरुकै विर्ता भए जस्तो । आज त सुनाइदिएँ, मैले यो तपाईंहरुको विर्ता हो ?’