|  

सेयर बजार नेप्से ११ अंकले बढ्यो

५ असोज, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार नेप्से बढेको छ ।

आज नेप्से ११ दशमलव २२ अङ्कले बढेर १  हजार ८ सय ४८ दशमलव ८२ अङ्कमा पुगेको छ ।आज म्युचल फन्डबाहेक सबै समूहको सेयरबढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको सेयर उच्च अङ्कले बढेको छ ।नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

आज २ सय २६ वटा कम्पनीको २५ लाख ३१ हजार कित्ता सेयर  ७२ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ३ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज साम्लिङ पावर कम्पनीको सेयर  १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।