|  

देशभर थप ८१ जनामा कोरोना पुष्टि

५ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज देशभर ३ हजार ४ सय ४७ जनामा परिक्षण गर्दा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

बितेको २४ घण्टामा १ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय  संक्रमित संख्या १ हजार ४ सय ४८ रहेको मन्त्रालयले जनाएको छ ।