|  

घरको दुई तालाबाट खसेर मजदुरको मृत्यु

५ असोज, काठमाडौं ।  विराटनगरमा निर्माणाधीन घरबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-७ मा निर्माणाधीन घरबाट खसेर घाइते भएका मोरङको जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियारको उपचारको क्रममा मृत्यु भएको हो ।

मुकेश पोठारीको निर्माणाधीन घरको दुई तलामाथिबाट खसेर घाइते भएका  पञ्जियारको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

काठको काम गर्ने क्रममा गत सोमबार निर्माणाधीन घरको माथिबाट खसेर पञ्जियार घाइते भएका थिए ।विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोसी अस्पतालमा पोस्टमार्टम गरेर अन्त्येष्टिका लागि शव परिवारलाई जिम्मा लगाइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।