|  

यहि असोजमा सिद्धार्थ क्यापिटलको वार्षिक साधारण सभा आह्वान

६ असोज, काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार एघारौँ वार्षिक साधारण सभा असोज २८ गते कम्पनीको रजिष्टर्ड कार्यलय नक्साल काठमाडौँमा अपराहन्न ४ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८र/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।