|  

युइएफए नेसन्स लिगः युक्रेनलाई हराउँदै स्कटल्यान्ड शीर्ष स्थानमा

६ असोज, काठमाडौं । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘बी’ ग्रुप वानको खेलमा स्कटल्यान्डले युक्रेनलाई ३(० ले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ।

गय राति भएको खेलमा तीन जित र एक हारसहित स्कटल्यान्ड नौ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । समान खेलमा दुई जित, एक हार र एक बराबरीको नतिजा निकालेको युक्रेन दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानको आयरल्यान्डको चार खेलमा चार अंक छ भने समान खेलमा चौथो स्थानको अर्मेनियाको तीन अंक छ।

तीन महिनाअघि विश्वकपको प्लेअफमा भएको भेटमा भने युक्रेनले स्कटल्यानडलाई निराश पारेको थियो । समूहचरणमा अब सबै टिमले २-२ खेल खेल्न बाँकी छ।