|  

बुद्धि तामाङ ‘हैट’  विवाह बन्धनमा बाँधिदै 

६ असोज, काठमाडौं । चर्चित कलाकार बुद्धि तामाङ ‘हैट’विवाह बन्धनमा बाँधिने भएका छन् ।

उनले शुक्रबार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेका हुन् ।  बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ । अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए ।

बुद्धिले अनुसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन् । साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका तामाङ सानो पर्दाको सिरियलबाट चम्किएका थिए ।