|  

वीर अस्पताल अगाडि संचालन हुँदै आएका फार्मेसीमा चल्यो महानगरको डोजर 

६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि संचालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ ।

महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज दिउँसो डोजर चलाएको हो ।अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ ।वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो ।