|  

सेयर बजार नेप्से ९ अंकले घट्यो

६ असोज, काठमाडौं ।  साताको कारोबारको पाचौं दिन आज सेयर बजार नेप्से घटेको छ ।

हिजो (बुधबार) केही अंकले बढेको नेप्से आज नौ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ९६ विन्दुमा झरेको छ ।आज सबै समूहको सेयर घटेर बजार राताम्मे भएको छ । बजार घटेसँगै कारोबार रकममा पनि निरन्तर कमी आइरहेको छ । दुई सय २९ वटा कम्पनीको २५ लाख ४२ हजार कित्ता सेयर ६५ करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भयो ।आज प्रभु डिबेन्चर र गरिमा डिबेन्चर २०८४ को सेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि साम्लिङ पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।