|  

भक्तपुरमा सुस्त मनस्थिति भएकी एक बालिकालाई करणी गरेको आरोपमा १ जना पक्राउ 

६ असोज, काठमाडौं । भक्तपुरमा सुस्त मनस्थितिकी एक १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका-२ मगरगाँउ बस्ने ४० वर्षीय पुरुष रहेका छन् ।

बुधबार दिउँसो दुई बजेतिर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं २ सानोठिमीमा सो घटना भएको प्रहरीले जनाएको छ ।उनलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।