|  

शुक्रबार ‘प्रेमगीत ३’ को हिन्दी भर्सन नेपालमा प्रर्दशन नहुने !

६ असोज, काठमाडौं ।  नेपालमा ‘प्रेमगीत ३’ को हिन्दी भर्सन भोली शुक्रबार प्रदर्शन नहुने भएको छ ।

विश्वभर एकसाथ प्रदर्शन हुन लागेको ‘प्रेमगीत ३’ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो । विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक÷दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।

शुक्रबारबाट प्रेमगीत ३ हिन्दी भर्सन रिलिज नहुनुको थप कारण पछि जानकारी गराउने बताएका उनले घटस्थापन (१० असोज) देखि प्रेमगीत ३ हिन्दी भर्सन नेपालभर प्रदर्शन हुने बताए । उता भारतमा भने ‘प्रेमगीत ३’ हिन्दी भर्सन शुक्रबार नै रिलिन हुनेछ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ ।

अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्देशकसेनले जानकारी दिए ।भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो । प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको ‘प्रेम गीत ३’मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।