६ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट १ हजार १ सय ९०, एन्टीजेन विधिबाट २ हजार १५ जनामा परिक्षण गर्दा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज १ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणका कारण मृत्युु हुनेको संख्या शून्य रहेको छ । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १ हजार ४ सय ५ रहेको मन्त्रालयले जनाएको छ ।