|  

भीमफेदीमा बस दुर्घटना अपडेटः मृतकको संख्या ७ पुग्यो

६ असोज, काठमाडौं । मकवानपुरको भीमफेदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

हेटौंडा अस्पतालमा लैजाने क्रममा बाटोमै थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या सात पुगेको हो । भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट फाखेल-कुलेखानी-भीमफेदी सडकखण्ड हुँदै हेटौँडातर्फ आउँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमको टोली घटनास्थलमा पुगेको छ। हालसम्म मृतकको पहिचान हुन नसकेको छैन ।