|  

वीर अस्पतालको सपना साकार पार्दै बालेन (भिडियोसहित)

७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पताल अगाडिको औषधि पसलको सटर भत्काएको छ ।

काठमाडौं महानगरपालिका-२७ नम्बर वडा कार्यालयको सिफारिसमा कामपा प्रहरीले वीर अस्पताल अगाडिको ८ वटा सटर हटाएको हो । यसअघि कामपा प्रहरीले बुधबार २४ घण्टाभित्र सटर भत्काउने चेतावनी दिँदै माइकिङ गरेको थियो ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले हिजो दिउँसो २ बजे वीर अस्पताल परिसरअगाडिको सटरमा डोजर चलाएको हो । पसल सञ्चालकले तत्काल पसल हटाउन नसकिने भन्दै पसल हटाउन नचाहेपछि आफूले सामान हटाउन चेतावनी दिएको जानकारी दिए ।

फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको हो ।वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो ।