|  

थप ७६ जनामा कोरोना पुष्टि, ८७ डिस्चार्ज

७ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट १ हजार ८ सय ३०, एन्टीजेन विधिबाट २ हजार २ सय ३९ जनामा परिक्षण गर्दा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । आज ८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १ हजार ३ सय ७१ रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.