|  

म माओवादी केन्द्रमा प्रवेश गर्न लागेको भनेर गलत हल्ला फैलाएः रायमाझी

७ असोज, काठमाडौं । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको र माओवादीमा प्रवेश गर्ने हल्ला झुट्टा भएको बताएका छन् ।

सचिव रायमाझीको सचिवालयले एक प्रेस नोट जारी गर्दै रायमाझी माओवादी केन्द्रमा प्रवेश गर्न लागेको भनेर केही मान्छेहरूले गलत हल्ला फैलाएको भन्दै त्यस्ता गलत हल्ला र भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेको छ ।

सचिव रायमाझी पुनः माओवादीमा फर्कंदै र ‘प्रचण्ड’सँग भेटघाट गरेको भन्ने कुरा प्रचार गरेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता खालका अराजनीतिक, कपोकल्पित समाचार र भ्रमका पछाडि नलागी सबै एकताबद्व भई निर्वाचनमा लाग्न हार्दिक अपिल गर्दछौँ’, रायमाझीको सचिवालयले भनेको छ ।