|  

एमालेसँग तालमेल गर्दै लोसपा

७ असाेज, काठमाडाैं ।

पाँच दलीय सत्ता गठबन्धनमा सामेल हुन खोजेको लोसपालाई गठबन्धनले सीट बाँडफाँटमा भाग दिन नसकेपछि एमालेसँग चुनावी तालमेलको लागि वार्ता अघि बढाउने निर्णय लोसपाले गरेको हो ।

लोसपाले वरिष्ठनेता राजेन्द्र महतोको संयोजकत्वमा समिति गठन गरेको छ । एमाले लगायतका विचार मिल्ने दल भनिएपनि लोसपाले बनाएको वार्ता टोली मुलतः एमालेसँग तालमेलका लागि नै सक्रिय रहनेछ । समितिमा शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्र नाथ शुक्ल, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् । शुक्ल यसअघि नै एमालेसँग तालमेलका लागि उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरुसँग संवादमा छन् ।

यसअघि प्रमुख सचेतक उमाशंकर अरगरियाको नेतृत्वमा अन्य दलसंग सहकार्य गर्न लोसपाले समिति गठन गरेको थियो । तर वार्ता टोलीका संयोजक अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएपछि लोसपाले महतोको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको हो ।