|  

स्पेन चार वर्षपछि पहिलो पटक घरेलु मैदानमा पराजित

९ असोज, काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनमाथि स्वीट्जरल्याण्डले जित हात पारेको छ ।

समूह चरण अन्तर्गत गय राति स्पेनलाई स्वीट्जरल्याण्डले २-१ गोल अन्तरले पराजित गरेको हो । स्पेनलाई स्वीट्जरल्याण्डले उसैको घरेलु मैदानमा हराएको छ । स्पेन चार वर्षपछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो ।

यो हारसँगै लिग ए समूह २ को स्पेनले ५ खेलमा ८ अंक जोडेको छ । स्पेन दोस्रो स्थानमा रहेको छ । स्वीट्जरल्याण्ड ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै युइएफए नेसन्स लिगअन्तर्गतको गएराति नै भएको अर्को खेलमा पोर्चुगल विजयी  भएको छ । पोर्चुगल घरेलु टोली चेक रिपब्लिक विरुद्ध ४-० ले विजयी भएको हो । जितसँगै पाँच खेलमा १० अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा रहँदा चेक रिपब्लिक समान खेलबाट चार अंकका साथ पुछारमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा साइप्रस र सर्वियाले पनि जित हात पारेका छन् ।