|  

बोर्डबाट प्रेम गीत ३ को हिन्दी संस्करणको काममा कुनै ढिलासुस्ती तथा अवरोध भएको छैनः भुवन केसी 

९ असोज, काठमाडौं । चलचित्र विकास बोर्डले प्रेम गीत ३ को हिन्दी हिन्दी संस्करण विवादबारे स्पष्टीकरण दिएको छ ।

आइतबार बोर्डका अध्यक्ष भुवन केसीले एक विज्ञप्तिमार्फत विवादबारे स्पष्टीकरण दिएका हुन् । उनले बोर्डबाट प्रेम गीत ३ को हिन्दी संस्करणको काममा कुनै ढिलासुस्ती तथा अवरोध नभएको दाबी गरेका छन् । नेपालमा पनि असोज ७ गतेबाट नै हिन्दी संस्करणको प्रेम गीत ३ हलमा रिलिज हुने भनिएपनि अझै हुन सकेको छैन ।

कतिपयले बोर्डका कारण हिन्दी संस्करणको प्रेम गीत ३ को हल रिलिजमा ढिलाइ भएको टिप्पणी गरिरहेका छन् । बोर्डका अध्यक्ष केसीले प्रेम गीत निर्माण पक्षबाट कर चुक्ताको प्रमाणपत्र समयमै प्राप्त नभएकाले स्वीकृतिका लागि ढिलाइ भएको दाबी गरेका छन् । साथै उनले कर चुक्ता प्रमाणपत्र पेस हुनासाथ प्रक्रिया अगाडि बढाइएको पनि बताएका छन् ।

मिति २०७९ साल असोज ७ मा करचुक्ता प्रमाणपत्र पेस हुनासाथ सोही मितिमै पुनःस्वराङ्कनको स्वीकृति दिई मिति २०७९ साल असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनासाथ चलचित्र जाँचका लागि सिफारिस भएको, बोर्डबाट सेवाग्राहीको कुनै पनि काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको सम्बन्धित सरोकारवाला एवं आम जनमानसमा स्पष्ट पार्न चाहन्छौँ,’केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

PremGeet3_HindiDUB_Press_Release1664105115.jpg