|  

नेपालमा आजदेखि ‘प्रेमगीत ३’को हिन्दी संस्करण प्रर्दशनमा

१० असोज, काठमाडौं । नेपालमा आजेखि ‘प्रेमगीत ३’को हिन्दी संस्करण पनि प्रदर्शनमा आएको छ ।

आइतवार सेन्सर भएर घटस्थापनाको अवसर पारेर आजदेखि हिन्दी संस्करण प्रदर्शनमा आएको हो । हिन्दी संस्करणले प्रदर्शनको पहिलो दिन मल्टिप्लेक्स हलहरूमा राम्रो शो पाएको छ । आजदेखि नेपाली संस्करणको शो घटाएर हिन्दीलाई धेरै शो उपलब्ध गराइएको छ ।

केही समयको विवादपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण पनि नेपाली चलचित्रसरह प्रदर्शनमा आएको हो । चलचित्रले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । 

सञ्चार मन्त्रालयले हिन्दी ‘प्रेमगीत ३’ पनि नेपाली चलचित्र भएको घोषणा गरेसँगै नेपालीसरह प्रदर्शनको अवसर पाएको हो । छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन । चलचित्रको नेपाली संस्करणले नेपालमा शुरूवाती दुई दिनमा ४ करोड २५ लाखको व्यापार गरेको छ ।

शुक्रवारदेखि वल्डवाइड प्रदर्शनमा आएको चलचित्रले दुई दिनमा विश्व बजारबाट भने १४ करोड बढीको व्यापार गरेको निर्माण टिमको दाबी छ ।