|  

रवीन्द्र मिश्र काठमाडौं-१ बाट चुनाव लड्ने 

१४ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-१ बट चुनाव लड्ने भएका छन् । शुक्रबार उनले एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘काठमाडौं १ का साथीहरुलाई म सुनिश्चित गराउन चाहन्छु, कि तपाईंहरुले यसपटक मलाई तपाईंहरुकै क्षेत्रमा रहेको संसद् भवनमा पठाउनुभयो भने आजसम्म तपाईंहरुकै क्षेत्र नम्बर १ बाट गर्व गर्न सक्नेमध्येको सबैभन्दा सशक्त सांसदको रुपमा तपाईंहरुको आवाज संसद्मा बुलन्द गर्नेछु’, मिश्रले भने।