|  

सन्दीप लामिछाने २० गते नेपाल आउँदै 

 १५ असोज, काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० (अक्टोबर ६) मा नेपाल आइपुग्ने बताएका छन् ।

आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले नेपाल आएर आफूमाथि लागेका झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।‘बलियो आशा र शक्तिका साथ म अक्टोबर ६ मा गृह देश नेपाल आइपुग्दै छु,’उनले भनेका छन् ‘नेपाल आएर झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्नेछु ।’

उनले आफू निर्दोष रहेको न्याय प्रणालीमा आफ्नो पूर्ण विश्वास रहेको बताएका छन् । साथै उनले आफूमाथि निष्पक्ष व्यवहार हुने विश्वास गरेका छन् ।’ ‘छिटो भन्दा छिटो न्याय पाउनेमा आशावादी छु,’ उनले भनेका छन् । 

p;