|  

प्रेमगीत ३ पछि नालापानी र के घर के डेराको विवाद (भिडियोसहित)

१५ असोज, काठमाडौं । यतिबेला हाम्रो देशमा राष्ट्रियता नै संकटमा परेको छ । शासन र सत्तामा बस्नेहरुले आफ्नो मुलुकको हितभन्दा पनि आफ्नो ब्यक्तिगत स्वार्थलाई हेरेर विभिन्न किसिमका सन्धी सम्झौताहरुमा हस्ताक्षर गर्छन भनेर आम जनताले भन्ने गरेका छन् । त्यो खालको स्थिति हाम्रो मुलुकले ब्यहोरिरहेको छ, यो दुर्भाग्य हो । तर हामी हाम्रा पुर्खा अर्थात हाम्रो इतिहासलाई स्मरण गरौँ ।

प्रसङग जोडौँ नालापानीको । हामी नालापानी भन्ने बित्तिकै सन १८१४ को स्मरण हुन्छ । विर बलभद्र कुँवरको स्मरण हुन्छ । इष्ट इन्डिया कम्पनीले नेपालमाथि आँखा लगाएको थियो । बच्चा , महिला , जवान देखि लिएर बृद्धासमेत गरी जम्मा ६ सय जनाको नेतृत्व गरेका थिए विरबलभद्र कुँबरले । तर अंग्रेजको हजारौँ सेना घुडा टेक्न बाध्य भयो । जित्न नसकेपछि पिउने पानी नै बन्द गरिदियो । तरपनि गोर्खालीले हार मानेनन् । मातृभुमिको लागि ज्यान समेत दाउमा राखेका थिए ।

तर आज राष्ट्रियताको विषयमा बोल्ने मानिसलाई बेबकुफ भनिन्छ । यहि परिपेच्छेमा हाम्रो इतिहास जुन गर्भ गर्न लायक छ । नालापानीको विषयलाई उठान गरेर एउटा रिर्सच गरेर करोडौँ रुपैयाँको लगानी गरेर यो चिज आर्काइभमा बस्नुपर्छ र आम नेपाली दर्शकले मानसपटलमा राख्नैपर्छ भनेर एउटा राष्ट्रियता र इतिहास बोकेको नेपाली चलचित्र नालापानी निर्माण गरियो । यस्ता चलचित्रलाई विशेष चलचित्र पनि भनिन्छ । तर यो विशेष नालापानी जस्तो चलचित्र कार्तिक ४ गते रिलिजको क्रममा छ । टेलर पनि सार्वजनिक भइसकेको छ ।

यसैबीचमा, दिपेन्द्र के खनालद्वारा निर्देशित ‘के घर के डेरा’ फिल्म पुरै मनोरञ्जनात्मक फिल्म हो ।  यो फिल्म र नालापानी फिल्मको रिलिज डेट जुधाइएको छ । यी फरक विधाका चलचित्र किन जुधाइयो ? भन्ने विषय अहिले चर्चित बनेको छ ।

बाँकी भिडियोमा हेर्नुहोस ।