|  

स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट) को एकिकृत प्रवेश परीक्षाको आवेदन खुला

१५ असाेज, काठमाडाैं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट) को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।

स्नातकोत्तर तहको आगामि मंसिर १० देखि ११ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन फारम खुला गरेको हो । आवेदन असोज १४ गतेदेखि कार्तिक १६ गतेसम्म आयोगको वेबसाइटबाट भर्न सकिने छ ।