|  

नालापानी फिल्मको ट्रेलर सार्वजनिक

१६ असोज, काठमाडौं। नेपाली ऐतिहासिक चलचित्र 'नालापानी' को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाण्डाैमा एक कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सन् १८१४ मा देहरादुनकाे नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँमा आधारित भए चलचित्र निर्माण गरिएकाे हाे ।

ट्रेलरमा नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाइँलाई देखाइएको छ । दुई मिनेट ४१ सेकेन्ड लामाे ट्रेलरमा अङ्ग्रेजसँगको लडाइँका क्रममा देखाइएका दृश्य वास्तविक लाग्छन् । ट्रेलर हेर्दा घमासान युद्ध र ऐतिहासिक कथावस्तुमा बनेका फिल्म मन पराउने दर्शकलाई 'नालापानी' ले आकर्षित गर्नसक्ने देखिन्छ । 

तिहारको छेको पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् । ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर, नाै वर्ष लगाएर चलचित्र बनाएकाे बताए ।