|  

आज थप ३३ जनामा कोरोना पुष्टि

१६ असोज, काठमाडौं। आज नेपालमा ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी एक हजार तीन सय ७५ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा ६६ जना काेराेना संक्रमित निको भएसँगै सक्रिय संक्रमितको संख्या आठ सय ८९ जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।