|  

पाकिस्तान विरुद्धको खेलमा इङ्ल्यान्ड बिजयी

१७ असोज, काठमाडौं । घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी-२० शृंखला भ्रमणकारी टोली इंग्ल्यान्डले ४-३ ले जितेको छ ।

गय राति अन्तिम खेल इंग्ल्यान्डले ६७ रनले जितेको हो । २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो । यसअघि टस हालेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाए ।