|  

हाँस्नै गाह्रो छ यहाँ’ बोलको गीत सार्वजनिक

१७  असोज, काठमाडौं । प्रतियोगिताबाट शीर्ष गीत चयन गरेको ‘दुई नम्बरी’ टिमले रिलिज संघारमा विजेता बन्न सफल गीत सार्वजनिक गरेको छ ।

निर्माण टिमले आज  ‘हाँस्नै गाह्रो छ यहाँ’ बोलको गीत सार्वजनिक गरेको हो । निर्माण टिमले दुई नम्बरीको मर्म सुहाउने गरी गीत तयार गर्न प्रतियोगिताको आयोजना गरेको थियो । यसरी आयोजना गरेको प्रतियोगिता भूषण खतिवडाले जितेका थिए । ५० हजार नगद जित्न सफल यही गीतलाई निर्माण टिमले लिरिकल भिडियो बनाएर सार्वजनिक गरेको हो ।

गीतले युवाहरूको दिक्दारी र देशमै केही गर्ने अठोटलाई लयमा समेटेको छ । भूषण खतिवडाको शब्द, स्वर र संगीत समावेश यस गीतमा रिकेश गुरुङको एरेन्जमेन्ट र दीपक गुरुङको एनिमेसन रहेको छ ।