|  

बौद्ध कथा’ र ‘मञ्जुश्रीको नेपालयात्रा’ को लोकार्पण

 १७ असोज, काठमाडौं । बौद्ध साहित्यका दुई कृति ‘बौद्ध कथा’ र ‘मञ्जुश्रीको नेपालयात्रा’ को लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रमबीच दुई बौद्ध कृति सार्वजनिक गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रकाशित गरेको ‘बौद्ध कथा’ मा २५ कथा समावेश गरिएका छन् ।

विश्वविद्यालयको बौद्ध अध्ययन संकायले बौद्ध कथा साहित्य प्रतियोगिताको आयोजना गरेर त्यसबाट उत्कृष्ट मानिएका कथा यस पुस्तकमा समावेश गरिएका छन् । बौद्ध वाङ्मयमा कथा साहित्यको विशिष्ट स्थान रहेको छ । विश्वविद्यालयले नेपाली भाषामा बौद्ध साहित्य विकासकै लागि प्रतियोगिता आयोजना गरेर त्यसको संग्रह निकालेको हो ।

यसमा प्रतियोगितामा पहिलो भएको तारानिधि भट्टराईको ‘सहअस्तित्व’, दोस्रो भएको अर्चना शाक्यको ‘प्रतिविम्ब’ र तेस्रो भएको जनक कार्कीको द्वादशनिदान समावेश छन् । लुम्बिनी सम्यक फाउन्डेसनले प्रकाशन गरेको ‘मञ्जुश्रीको नेपालयात्रा’ को पटकथा भने विश्वविद्यालयकै डिन मानिकरत्न शाक्यले लेखेका हुन् ।