|  

बाबरी टिम: हल हाउसफुल भए पनि हलहरूले पर्याप्त शो दिएन

१८ असोज, काठमाडौं। बाबरी फिल्मको निर्माण पक्षले सिनेमा हल हाउसफुल भए पनि हलहरूले पर्याप्त शो नदिएको आरोप लगाएको छ। 

निर्माण पक्ष र कलाकारले  फिल्मको माग धेरै हुँदा पनि पर्याप्त शो नदिनु दुःखद् भएको गुनासो पोखेका छन्। बाबरी यही असोज १४ गते प्रदर्शनमा आएको हो।

फिल्मका निर्देशक सुरेन्द्र पौडेलले राम्रो फिल्म बन्दा र दर्शकले पनि राम्रो साथ दिँदा राज्य संयन्त्रले किन उचित व्यवस्था नगरेको भन्दै प्रश्न गरे। उनले नियामक निकायमा बसेकाले नेपाली फिल्मको विकास र वृत्तिमा ध्यान दिनुपर्नेमा जोड दिए।पौडेलले नेपाली फिल्म चलाउनेबारे सही नीति र नियम बनाउनुपर्ने कुरा उठाए।

यस्तै अवस्था रहे चलचित्र विकास बोर्ड खारेज गरे हुने धारणा उनले राखे।