|  

इङ्लिस प्रिमियर लिग: लेस्टर सिटीको पहिलो जित

१८ असोज, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी विजयी भएको छ ।

गएराति घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेलमा लेस्टरले नटिङघम फरेस्टविरुद्ध ४-० गोलको जित निकालेको हो । आफ्नो आठौँ खेलसम्म रेलिगेसन जोनमा रहेको लेस्टरले रेलिगेसनकै अर्को टोलीलाई पराजित गरेको हो।

नटिङघमलाई पराजित गरेको लेस्टर अन्तिम स्टानबाट एक स्थान माथि उक्लिएको छ । उसले ८ खेलमध्ये ६ मा हार बेहोर्दा १ मा बराबरी र एकमा जित निकालेको छ । नटिङघमले पनि ८ मध्ये ६ मा हार व्यहोर्दा १ मा जित र १ मा बराबरीको नतिजा निकालेको छ।