|  

२०२२ को तेस्रो चौमासिकमा टेस्लाद्वारा करिब साढे ३ लाख कार बिक्री

१८ असोज, काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाले सन् २०२२ को तेस्रो चौमासिकमा करिब साढे तीन लाख कार बिक्री गरेको छ ।

यो अवधिमा कम्पनीले कुल ३ लाख ४३ हजार ८ सय ३० ओटा कार बिक्री गरेको हो । जुन कुनै पनि चौमासिकमा कम्पनीले बिक्री गरेको कारको संख्यामा आजसम्म कै सबैभन्दा धेरै हो ।

कम्पनीले यो अवधिमा कुल ३ लाख ६ हजार ९ सय २३ ओटा कार तयार पारेको थियो । त्यसमध्ये ३ लाख ४३ हजार ८ सय ३० ओटा डेलिभर भइसकेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । कम्पनीले अघिल्लो वर्षको पहिलो चौमासिकमा ३ लाख १० हजार ४८ ओटा, दोस्रो चौमासिकमा २ लाख ५४ हजार ६९५ ओटा र तेस्रो चौमासिकमा २ लाख ४१ हजार ३०० कार बिक्री गरेको थियो ।
कोभिड–१९ कारण चिनमा रहेको फ्याक्ट्री सञ्चालनमा आउन नसक्दा अघिल्लो वर्ष बिक्री घटेको भएपनि यो वर्ष भने बिक्री उल्लेख्य रुपमा बढेको छ ।

कम्पनीका अनुसार बिक्री भएका मध्ये १८ हजार ६७२ ओटा मोडल एस र मोडल एक्स रहेका छन् । भने, ३ लाख २५ हजार १५८ ओटा सस्तो कार मोडल ३ र वाई रहेका छन् ।