|  

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान

१८ असोज, काठमाडौं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।

नोबेल पुरस्कार छनोट समितिले एलेन एस्पेक्स, जोन एफ क्लाउजर र एन्टोन जेलिङ्गरलाई यो वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । 

गएकाे वर्ष याे पुरस्कार तीन वैज्ञानिकहरू- स्युकुराे मानेबे, क्लास हासेलम्यान र जियाेर्जियाे पेरिसीलाई प्रदान गरिएकाे थियाे ।