|  

बुबा र ठूलीआमाकाे हातबाट ओलीले लगाए टीका

१९ असोज, काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विजया दशमीका अवसरमा टीका ग्रहण गरेका छन् ।

तीन दिनअघि घर गएका ओलीले दमकस्थित निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र बढीआमा(ठूलीआमा )हरीमाया ओलीको हातबाट ग्रहण गरेका हुन् । उनको साथमा पत्नी राधिकाले पनि बुबाको हातबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरिन् ।

विगत झैं यसवर्ष पनि उनी गृह जिल्ला झापा पुगेका छन् । उनी आजै काठमाडाैं फर्कदै छन् ।