|  

दुई नम्बरी’को एड्भान्स बुकिङ दशैं टीकासँगै सुरु

दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’को एड्भान्स बुकिङ दशैं टीकासँगै सुरु भएको छ ।

महत्वपूर्ण पक्ष के छ भने, मल्टिप्लेक्समा फिल्मले उल्लेखनीय शोज प्राप्त गरेको छ । क्यूएफएक्सले देशभरका आफ्ना आउटलेटमा फिल्मलाई ३५ शोज दिएको छ र रिलिजसम्म शोजमा वृद्धि हुने अनुमान छ । आइएनआई, वान सिनेमाज्, बिग, एफक्यूव, कीर्तिपुर, रञ्जना मल्टिप्लेक्सले पनि फिल्मलाई उल्लेख्य शोज दिएका छन् ।

क्यूएफएक्सले अग्रिम टिकट विक्री सुरु गरिसकेको छ । कोरोना महामारीपछि क्यूएफएक्सले बुकिङ सुविधा चाहिँ बन्द गरिसकेको छ । अहिल्यै पैसा तिरेर मात्र दर्शकले सिट बुक गर्न सक्छन् ।

‘प्रेमगीत ३’, ‘बाबरी’, ‘पीएस वान’, ‘विक्रम वेधा’ लगायतका फिल्महरु हलमा चलिरहँदा पनि ‘दुई नम्बरी’ले उल्लेख्य शोज प्राप्त गर्न सकेको हो । अब फिल्मको ‘वर्ड अफ माउथ’मा यसको भविष्य निर्भर हुनेछ ।