|  

आज टीकाको दोस्रो दिन, मान्यजन र आफन्तको हातबाट टिका लगाउनेक्रम जारी

२० असोज, काठमाडौं । आज टीकाको दोस्रो दिन । आज पनि टीका लगाउने क्रम जारी छ । बुधबार टिका लगाउन नपाएकाहरुले आज पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने प्रचलन छ ।

आज बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टीका थाप्न जानेको घुइँचो रहेको छ । बुधबार बिहान साइतमा टीका लगाएपनि टाढा रहेका आफन्तकहाँ टीका लगाउने जाने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ ।

नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन भएकाले त्यता निकै चटारो हुन्छ । तर अरु भेगमा भने पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।

टीकाअघि काठमाडौं उपत्यका सुनसान रहेपनि आज भने बिहानैदेखि सर्वसाधारणको आवागमन बढेको छ ।