|  

पिएसजी ३ खेलमा सात अंकसहित शीर्ष स्थानमा

२० असोज, काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबलमा पिएसजी बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको छ।

पिएसजी ३ खेलमा सात अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको बेन्फिकाको पनि समान खेलमा समान सात अंक रहेको छ।

तेस्रो स्थानकोयुभेन्टसको तीन अंक छ भने चौथो स्थानको मकाबी हैफाले खाता खोल्न सकेको छैन। समूह एच कै अर्को खेलमा युभेन्टसले पहिलो जित निकाल्ने क्रममा हैफालाई ३-१ ले पराजित गरेको छ।