|  

प्रविधि क्षेत्रमा महिलाः एप्पल भन्छन्, हाम्रो अवस्था पनि उस्तै छ

२० असोज, काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलका सिइओ टिम कुकले प्रविधि कम्पनीहरुमा महिला कर्मचारीहरुको संख्या जति हुनुपर्ने हो त्यति नरहेको र आफ्नो कम्पनी एप्पलको अवस्था पनि त्यस्तै रहेको बताएका छन् ।

बीबीसीलाई दिएको एक अन्तरवार्तामा कुकले कर्मचारीहरुमा लैंगिक विविधता कायम गर्नु अत्यावश्यक रहेको भन्दै त्यसो नगरेमा प्रविधिबाट अपेक्षाकृत उपलब्धीहरु हृासिल गर्न नसकिने बताए । प्रविधि क्षेत्रमा विद्यमान महिलाहरुको कमीको यथार्थको कारणलाई कुनै बहाना देखाएर पुष्टि गर्न नसकिने उनको भनाई छ ।

कुकका अनुसार प्रविधिको सार तथा मानवतामा त्यसको प्रभावको विषयमा यो क्षेत्रमा महिलाको सहभागितामा निर्भर गर्दछ । कम्पनीमा कर्मचारीहरुको विविधताको क्षेत्रमा एप्पल सहित अन्य कर्मचारीहरुले थोरै सुधार गरेका भएपनि प्रविधिको विद्यमान संसारमा महिलाको कम सहभागितालाई लिएर कुनै बहाना बनाउन नसकिने एप्पल सिइओले बताएका छन् ।

एप्पल कम्पनीको पछिल्लो रिपोर्ट अनुसार एप्पलमा कार्यरत कर्मचारीहरुमध्ये महिलाको संख्या केवल ३५ प्रतिशत छ ।विज्ञहरुका अनुसार विद्यालयस्तरबाटै विज्ञान, प्रविधि, इन्जिनियरिंग तथा गणित विषय अध्ययन गर्ने छात्राहरुको कमीका कमीका कारण बजारमा प्रविधि क्षेत्रमा काम गर्ने महिला कामदार र कर्मचारीहरुको कमी छ ।

एप्पल सिइओ टिम कुकले अग्मेन्टेड रियालिटी अर्थात् एआर तथा मेटाभर्सको अवधारणा पनि उत्तम रहेको बताएका छन् ।