|  

मनाङमा हिउँ पर्न सुरु

२० असोज, काठमाडौं । हिमाली जिल्ला मनाङमा हिउँ पर्न सुरु गरेको छ  । जिल्लाको माथिल्लो क्षेत्रमा आज विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । गय रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको छ । चिसो बढेको छ । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । पानी पनि परिरहेको छ ।

मनाङमा सन् २०१४ को अक्टोबर २० मा परेको थियो । त्यसपछि अक्टोबर २० भन्दा अघि हिउँ परेको थिएन । यसवर्ष भने अक्टोबर ६ मै हिउँ परेको हो । हिउँ पर्न थालेपछि चिसो बढेको स्थानीयले बताएका छन् । हिउँले वस्ती माथिका डाँडाहरु सेताम्मे भएको छ ।

हिमपातका कारण बिजुली बन्द छ । इन्टरनेट प्रभावित छ । मोबाइल नेटवर्कमा पनि समस्या भएको स्थानीयले बताएका छन् । मनाङमा गतवर्ष मंसिर १६ गतेबाट हिउँ पर्न सुरु भएको थियो । यसवर्ष २ महिना अघि देखि नै हिमपात भएको हो ।