|  

बारामा यात्रु वाहक बस दुर्घटना: मृत्यु हुनेको संख्या १४ पुग्यो

२० असोज, काठमाडौं। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये उपचारको क्रममा १२ जना हेटौँडा अस्पतालमा, १ जना चुरेहिल अस्पताल तथा एक जनाको मकवानपुर सहकारी अस्पतालमा ज्यान गएको हो ।घाइतेहरु मध्ये आधा दर्जन बढीको अवस्था चिन्ताजनक रहेको छ ।

मृतकमध्ये ५ जना महिला रहेको प्रहरीले जनाएको छ ।हेटौंडाबाट बिरगंजतर्फ जादै गतेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रीत भएर सडकबाट करिब सय मिटर तलखस्दा भएको दुर्घटना भएको प्रहरीको भनाइ छ ।